Saturday, June 1, 2024

यो टेस्टको लागि प्रयोग गरिएको हो । It is used for experimental purpose !

इस्लामावाद । पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि उक्लिएको थियो । 
Image Extracted From News




इस्लामावाद । पाकिस्तानमा गर्मी बढेर ५२ डिग्री सेल्सियसमाथि पुगेको छ । दक्षिणी प्रान्त सिन्धमा सोमबार तापक्रम ५२ डिग्रीभन्दा माथि उक्लिएको थियोसोमबार सिन्धमा तापमान ५२ दशमलव २ डिग्री सेल्सियस (१२६ डिग्री फरेन्हाइट) रेकर्ड भएको मौसम विभागका एक वरिष्ठ अधिकारीले बताएका थिए ।

जलवायु परिवर्तन र विश्वव्यापी तापमान वृद्धिबिच पछिल्लो समय एसियाभर नै गर्मी खपी नसक्नु भएको छ । यसअघि सन् २०१७ मा पाकिस्तानको दक्षिणपश्चिम प्रान्त बलोचिस्तानको तर्बत सहरमा तापमान ५४ डिग्री सेल्सियस (१२९ दशमलव २ डिग्री फरेनहाइट)को कीर्तिमानी स्तरमा उक्लिएको थियो । धेरैको भनाइ सुनिन्छ — नेपाली युवा अमेरिका र युरोपका विकसित मुलुक जान चाहन्छन्! उतै बस्न चाहन्छन्! तर केही समय उता बसेर सीप र ज्ञान बटुलेर स्वदेश फर्किनेहरू पनि छन्। त्यो ज्ञान र सीप प्रयोग गरेर व्यवसाय गर्नेहरू पनि धेरै हुन्छन्। यस्तैमध्ये एक हुन् ३८ वर्षीय सच्चा कार्की। उनी १३ वर्ष युरोपेली मुलुक बेल्जियम बसेर २०७६ सालमा नेपाल फर्केका हुन्। हाल उनी नेपालमै चकलेट उत्पादनको व्यवसायमा सक्रिय छन्। 'हामी बेल्जियमको स्वादमा नेपाली चकलेटको ब्रान्ड बनाउँदै छौं,' सच्चाले भने। उनी 'चोकोफल नेपाल' नामको कम्पनी चलाउँछन्।

यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ। पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको प्रनाउ थापाले बताए। गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।